काबुलमा आइएसले गराएको विष्फोटमा कम्तीमा १५ जनाको मृत्यु

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ५ : १४


काबुल । काबुलमा मङ्गलबार भएको दुईवटा छुट्टाछुट्टै विष्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै उक्त विस्फोटमा परी ३४ जना घाइते भएका छन् ।

इटालियन मानवीय संगठनको ट्वीट अनुसार अफगानिस्तानको राजधानीको एक अस्पतालमा भएको उक्त आक्रमण इस्लामिक स्टेटले गराएको कुरा स्पुतनिकले बख्तर समाचार एजेन्सीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

एकजना आईएसले अस्पतालको प्रवेशद्वारमा आत्मघाती तबरले विष्फोट गराएका थिए भने अन्य थुप्रै आक्रमणकारीहरू अस्पताल भवनमा प्रवेश गरी तालिबानहरूलाई आक्रमण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्