प्रदेश १ :मुख्यमन्त्री राई र मन्त्रीहरुले लिए शपथ

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ५८


काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

मंगलबार नै प्रदेश एकमा ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश सरकारमा थप पाँच मन्त्री नियुक्त गरिएको हो ।

नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक मन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्