प्रचण्डले दिए अनसन बस्ने चेतावनी

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


महोत्तरी । पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनसन बस्ने चेतावनी दिनु भएको छ । 

मधेसमा सडक तथा पूर्वाधार निर्माणका सवालमा भइरहेको ढिलाईविरुद्ध बोल्दै अध्यक्ष प्रचण्डले आफैं अनसनमा उत्रिन सक्ने चेतावनी दिनु भएको हो ।

बुधबार महोत्तरीको पिपरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सडक लगायतका पूर्वाधार निर्माणका विषयमा वर्तमान सरकार गम्भीर रहेको पनि बताउँनु भयो ।

नेकपाले महोत्तरीको पिपरामा छ्ठको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनकपुर–पिपरा–जलेश्वर–भित्तामोड जोड्ने सडक निर्माणको कार्यलाई तिव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री र प्रधानमन्त्रीसँग समेत कुराकानी गर्ने पनि बताउँनु भयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्‍दै उहाँले भन्नु भयो ‘ नेकपा प्रदेश-२ को विकासको पक्षमा सदैव रहेको छ। म पनि तराई(मधेको विकासको लागि सक्रिय भएरै लागेको छु । समयमा जनकपुर-जटही सडक खण्ड निर्माणको काम सकिएन भने आफै अन्शनमा बस्छु ।

‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु, युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेसमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु,’ अध्यक्ष प्रचण्डले भन्नु भयो ।

आफू प्रधानमन्त्री भएको बेला उक्त सडक निर्माणका लागि ठाडो आदेशमार्फत १ अर्ब रुपैयाँ विनियोजन गर्न लगाएको समेत प्रचण्डले स्मरण गराउँनु भयो ।


प्रतिक्रिया दिनुहोस्