भीआईपी जुवाडेलाई नछाड्न सर्वोच्चको आदेश

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं ।  काठमाडौंको महाराजगञ्जबाट गत आइतबार २ करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ परेका २५ जना भीआईपी जुवाडेलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाई ‘साथमै राख्न’ आदेश दिएको हो ।

 साथै सर्वोच्चले प्रहरीलाई उनीहरु पक्राउ गरिनुको कारण पेश गर्न आदेश दिएको छ ।

पक्राउ परेकाहरुले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट हालेपछि आज सुनुवाई भएको हो । 

जताततै हर्षोल्लाका साथ देउसीभैलो खेलिरहेको बेला उनीहरु भाइटीका आउन २ दिन अघि पक्राउ परेका थिए ।

रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा थिए ।
 


प्रतिक्रिया दिनुहोस्