ज्ञानेन्द्र मल्ल बने राष्ट्रिय टिमको कप्तान

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ल लाई दिएको छ ।

पारसले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै क्यानले नयाँ कप्तान छनोट गरेको हो । 

पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए ।

अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानले जनाएको छ। 

गत असोज २८ गते विज्ञप्ति जारी गर्दै पारसले राजीनामा दिएका थिए । यस्तै उपकप्तानको जिम्मेवारी दीपेन्द्र ऐरीलाई दिएइएको छ ।

नेपाल क्रिकेट संघ अन्तरगतको प्राविधिक समितिको सिफारिसमा मल्ल र ऐरीलाई जिम्मेवारी दिइएको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्