१९ वर्षीया युवतीमाथि बलात्कार आरोपमा नेविसंघका नेता सहित २ जना पक्राउ

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । सत्ताधारी दल नेकपा निकटका एक विद्यार्थी नेता बलात्कार अभियोगमा पक्राउ परेका छन् । 
युवा संघका केन्द्रीय सदस्य सन्देश शर्मा पोखरेल प्रकाउ परेको प्रहरीले जनाएको छ । यस्तै नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघका नेतापनि बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

नेविसंघका पूर्व केन्द्रीय सदस्य ज्ञानेन्द्र गजुरेल पक्राउ परेका हुन् ।

उनीहरुलाई ललितपुरको पाटनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखरेल दाङ तुलसीपुर– १८ का बासिन्दा हुन् । तर, युवा संघले भने सन्देश शर्मा पोखरेल नाम गरेको कोही केन्द्रीय स्तरको नेता नभएको दाबी गरेको छ । तर प्रहरीसँग दिएको बयानमा भने पोखरेलले आफू युवा संघको नेता भएको बताएका छन्।

१९ वर्षीय एक युवतीलाई ज्ञानेन्द्र गजुरेलले कात्तिक पहिलो साता कुमारीपाटीस्थित सन्देश शर्मा पोखरेलको कोठामा ल्याएको र उनीहरु दुबै जनाले बलात्कार गरेको उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्