प्रधानमन्त्री ओली ग्राण्डीको आईसीयूमा

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पताल पुर्याइएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गरिएको छ ।

ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई  अस्पताल भर्ना गरिएको हो । 

प्रधानमन्त्री ओलीको सचिवालयको आग्रहमा अस्पतालले थप जानकारी दिन नचाहेको कान्तीपुरले समाचारमा जनाएको छ ।

प्रधानमन्त्री मिर्गौला रोगी हुनुहुन्छ । १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि विभिन्न समयमा उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो । 

प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गरी स्वदेश फर्कनुभएको थियो ।
 


प्रतिक्रिया दिनुहोस्