विप्लव नेकपा निकट युवा संगठनको अध्यक्षमा पाटन जंगली

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ३०


दाङ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालको अध्यक्षमा पाटन जंगली चयन भएका छन्।

१४ र १५ कात्तिकमा दाङमा चौथो राष्ट्रिय सम्मेलनले पाटनको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो।

उपाध्यक्षमा दिनेश, महासचिवमा विदुसी, सचिवमा तिलक योगी र कोषाध्यक्षमा विष्लेषण चयन भएका छन् ।

सदस्यमा दीप, श्याम, वीरेन्द्र विक, भुवन कुँवर, ईन्द्र, नेत्र, राम, प्रविन, विचारमान, सुवास, भरत पुलामी, अजय श्रेष्ठ, महेन्द्र सुनार, कृष्णबहादुर श्रेष्ठ, जीवन तामाङ, राजकुमार पुतवार, धनबहादुर श्रेष्ठ, शंकर भुजेल,किरण अर्याल,निरज शाह, मदन गजमेर,कबिराज यमजुङ,बिधुर शेर्पा,हर्क लिम्बु,आकाश श्रेष्ठ,सन्दिप विक,तेज लामा, मोहनकुमार राम, प्राणकुमार लामा,अविनाश, बादल, लिला शारुमगर, सन्तोष सुवेदी, खड्क सिंह, गोविन्द चन्द्र, आशिष थापा, दिपक बुढाथोकी, प्रेरणा रोकाय, तिलक पौडेल, गोविन्द बुढा, मिनेश एडी, सागर शाही, कल्पना मल्ल, मनोज परियार, हरि बस्नेत,जिवनी चौधरी, विवेक विक,प्रकाश गिरि,डिल्लीरमण वली, मनमोहन जोशी, लोकेश धामी, हर्कबहादुर कुँवर, सुशील साउँद, कविता कार्की, मकर गुरुङ, प्रमोद सिंह, प्रशान्त, वसन्त, सावित्रा अधिकारी र जस्मान छन।

सम्मेलनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले विश्वभरी संसदीय व्यवस्था चरम संकटमा पुगेको भन्दै संकट समाधानको निर्विकल्प बाटो जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद भएको बताए।

महासचिव विप्लवले सरकार र आफ्नो पार्टीबिच भएको तीन बुँदे सहमति अक्षरंस लागू नगरे चरणबद्ध संघर्ष गर्ने उद्घोष गरे। आफूहरुसँग हतियार नभएको समेत स्पष्ट पारे । उनले भने, ‘हामीसँग हतियार छैन, कहाँ छ हतियार हामीसँग रु आशंकामा बोल्न मिल्छ।’

महासचिव विप्लवले आफूहरु सासंद मन्त्री बन्न नचाहेको बरु नेपाली जनतालाई मुक्त गर्न चाहेको बताए । तीन बुँदे सहमति एकीकृत जनक्रान्तिको विजयको कारणले भएको भन्दै कोही दलालहरुसँग झुकेर सहमतिमा गएको भन्ने कुतर्क गर्नेहरु प्रतिक्रियावादीहरुको कुतर्क भएको बताए । विप्लवले भने,’नेपालमा युवाहरु लड्न नसकेको होइन बरु नेताहरुले खुट्टा कमाएका हुन्।’


प्रतिक्रिया दिनुहोस्