कोप–२६ सम्मेलनमा पुगेकी यी मन्त्री दुई घन्टासम्म बस्दा पनि प्रवेश नपाएपछि निराश हुँदै होटेल फर्किन्

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : २३


बेलायत। बेलायतको ग्लास्गोमा जारी कोप–२६ सम्मेलनमा एक सय भन्दाबढी देशका हजारौं प्रतिनिधि सहभागी छन् । प्रतिनिधिका लागि हलभित्र बिभिन्न व्यवस्था गरिएको छ । तर, इजरायलका एक प्रतिनिधिले भने आफू एतिहासिक सम्मेलनमा सहभागी हुन नपाएको गुनासो गरेकी छिन् ।

ह्विलचेयरको व्यवस्था नभएकोले आफू सम्मेलनमा सहभागी हुन नपाएको इजरायलकी मन्त्री करिनी इलहारले बताएकी हुन्। ‘राष्ट्रसंघले सम्मेलनमा पहुँच नदिएकोमा दुःखी छु’, मन्त्री इलहारले ट्विट गरेकी छिन् । उनी इजरायको उर्जा, पूर्वाधार तथा जलश्रोत मन्त्री हुन् ।

इजरायलका प्रधानमन्त्री नफ्ताली बेन्नेटको प्रतिनिधिमन्डका एक अधिकारीले आफूहरुले त्यसबारे औपचारिक रूपमा राष्ट्रसंघमा गुनासो गरेको जानाकारी दिए।

मन्त्री इलहारलाई सहभागी नगराए आफूले पनि सम्मेलन बहिस्कार गर्ने प्रधानमन्त्री बेन्नेटले चेतावनी दिएको ती अधिकारीले बताएका छन् ।

इजरायलका लागि बेलायतका राजदूत निल विगानले मन्त्रीप्रति आफूले ‘गहिरो र ईमान्दारीपूर्वक क्षमा याचना गरेको ’ बताएका छन् । ‘कोप सम्मेलन सबैका लागि समावेशी र स्वागतयोग्य होस’ उनले ट्विटरमा लेखेका छन्।

मन्त्री इलहरले इजरायलको समाचार संस्था च्यानल १२ सँग बताए अनुसार ह्विलचेयरमा हिड्नुपर्ने भएकाले सम्मेलन हलमा उनलाई जान कठिनाइ भएको थियो।

सम्मेलन स्थलमा उनी दुई घन्टासम्म बसेको र भित्र छिर्ने कुनै व्यवस्था नभएपछि आफू बसिरहेको होटेलमा फर्किएको टाइम्स अफ टाइम्स अफ इजरायलले जनाएको छ ।

स्कटल्याडको राजधानी इडनवर्गस्थित उनी बसेको होटल सम्मेलन स्थलबाट ८० किलोमिटर टाढा पर्छ । इजरायली मन्त्री सम्मेलनमा सहभागी हुन नसकेकोमा बेलायतका विदेशमन्त्री जेम्स क्लेभर्लीले गहिरो दुःख व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्