बसको ठक्करबाट भक्तपुरमा एक युवकको मृत्यु

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


सुर्यविनायक । भक्तपुरमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काभ्रेको डाँडाबारीका विकास तामाङ रहेका छन् । यस्तै  विनायक नगरपालिका ७ गुण्डुका १८ वर्षीय विशाल तामाङ घाइते भएका छन् ।

व्यासीतर्फ आउँदै गरेको बा ४  ख ६०७ नम्बरको बसले भक्तपुर नगरपालिका १० कमलबिनायमा उनीहरुलाई ठक्कर दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्