दक्षिण कोरियाले पूर्ण खोप लगाएका विदेशी कामदार यसै महिनादेखि लाने

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ३९


दक्षिण कोरियाले यसै महिनादेखि विदेशी कामदारमाथिको प्रतिबन्धलाई खुकुलो बनाउने भएको छ।

समाचार संस्था योनहापका अनुसार दक्षिण कोरियाको श्रममन्त्रीले विदेशी कामदारमाथिको प्रतिबन्ध यसै महिनादेखि क्रमशः खोल्दै लाने जानकारी दिएका हुन्।

मन्त्री क्युङ–कले भनेका छन्,‘दक्षिण कोरियाको अवस्था समान्य बन्दै गएको छ त्यसकारण विदेशी कामदारहरु अब विस्तारै भित्र्याउँदै लानेछौं।’

यदी कोरोनाको पूर्ण डोज खोप लगाएका छन् र पीसीआर रिपोर्ट नेगेटिभ छ भने त्यस्ता विदेशी कामदार चाँडै कोरिया आउन पाउने उनको भनाइ छ। योनहाप


प्रतिक्रिया दिनुहोस्