प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । बिरामी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल पुर्याइएको छ । 

मंगलबार बिहान स्वास्थ्यमा समस्या भएपछि ओलीलाई धापासीस्थित ग्रान्डी अस्पतालमा लगिएको हो । 

अन्य समयमा अस्वस्थ हुँदा तथा नियमित चेकजाँचका लागि प्रमलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लाने गरिएको थियो । 

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

 मिर्गौला प्रत्यारोपणपछि उहाँले नियमित औषधि खाँदै आउँनु भएको छ ।

उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको डाक्टरहरुले बताउँदै आएका छन् ।

हालै सिंगापुरमा उपचार गराएर आएपछि कात्तिक १ मा ओलीको पहिलोपटक ग्राण्डी अस्पतालमा फलोअप गरिएको थियो ।

मिर्गौला सम्बन्धी समस्याको उपचार गर्न प्रधानमन्त्री ओली पछिल्लो पटक भदौं ५ गते सिंगापुर जानु भएको थियो । 

त्यहाँ उहाँको ‘प्लाज्मा फेरेसिर’ गरिएको थियो । ओलीको मिर्गौलामा ‘एन्टीबडी’ को मात्र बढेपछि प्लाज्मा फेरेसिस गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्