कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : २१


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गरेका छन्।

उनले अहिले साँझ ६ बजे प्रदेशबासीका नाममा विशेष सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका हुन्।

त्यही सम्बोधनका क्रममा राजीनामा दिने तयारी भएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ।

यसअघि आज ५ बजे मन्त्रिपरिषद् बैठक बसेको थियो। मन्त्री परिषद्ले गरेका निर्णय भने सार्वजनिक गरिएको छैन।

गत ३ वैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए।

त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका बताइएको छ। अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ।


प्रतिक्रिया दिनुहोस्