तिहार मनाएर फर्कदै गरेको बस दुर्घटना

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । खोटाङको दिक्तेलबाट काकडभिट्टातर्फ जाँदै गरेको बस अर्खौले नजिक कामीडाँडामा  दुर्घटनामा परेको छ।

विराटनगरका लागि छुटेको यात्रु बहाक बस बिहान पौनैं ८  बजेतिर हलेसी तुवाचुङ नगरपालिका–१० कामीडाँडामा दुर्घटनामा परेको हो ।

तिहार मनाएर फर्किएका यात्रुले कोचाकोच भरिएको १ ख ६३२० नम्बरको उक्त बस दुर्घटनामा परि १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाइते केहिको अवस्था गम्भीर छ । बसमा क्षमता भन्दा बढि यात्रु रहेका कारण आरोलोमा ब्रेक फेल भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

चालक फरार रहेका छन् ।  बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ । घाइतेहरुको नाम खुल्न सकेको छैन । 


प्रतिक्रिया दिनुहोस्