ओली पुगे मुग्लिन, दासढुंगामा मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १ : ३१


चितवन । एमाले अध्यक्ष केपी ओली सडकमार्ग हुँदै चितवन गएका छन् । केही समयअघि मुग्लिन पुगेका ओलीलाई एमालेका कार्यकर्ताले स्वागत गरेका थिए ।

उनी दासढुंगा हुँदै भरतपुर जानेछन् । दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नेछन् । एमाले भरतपुर नगरको अधिवेशनलाई सम्बोधन गर्न ओली चितवन आएका हुन् ।

नगर कमिटीको अधिवेशनमा सहभागी हुन एमाले नेता सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल चितवन आइपुगेका छन् । दुवैले सौराहा पुगेर एमालेको दशौं महाधिवेशनको बन्द सत्र हुने स्थानको अवलोकन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्