ज्योति विकास बैंकको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेप्सेमा सूचीकृत

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १ : २१


काठमाडौं । ज्योति विकास बैंक द्वारा निष्काशित रु. १.५ अर्ब बराबरको ‘९ प्रतिशत ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ।

आइतबार एक कार्यक्रमकाबीच सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत श्री निरन्जन फुयालले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात् सो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। बैंकले रु. एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि निष्काशन गरेको थियो।


प्रतिक्रिया दिनुहोस्