रियालिटी शो ‘द भ्वाइस किड्स’ कात्तिक २६ बाट प्रशारणमा आउने

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १२ : ५५


रियालिटी शो ‘द भ्वाइस किड्स’ कार्तिक २६ गतेबाट प्रशारण हुने भएको छ।

६ बर्षदेखि १४ बर्षका बालबालिकाको गायन प्रतिभा प्रस्तुत गर्ने सो कार्यक्रम हिमालय टीभिबाट प्रत्येक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ।

‘द भ्वाइस अफ नेपाल र डान्सिङ विथ द स्टार्स नेपाल’ जस्तो चर्चित रियालिटी शो प्रशारण गरिसकेको हिमालय टीभीले अर्को महत्वकांक्षी रियालिटी शो दर्शकमाझ प्रशारण गर्न लागेको हो।

यो शोको ‘ब्लाइन्ड अडिसन’को छायांकन भैसकेको छ । यो शो २० भाग प्रशारण हुनेछ ।

यो शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी कोचको रुपमा छन् ।


प्रतिक्रिया दिनुहोस्