यसपालिको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १२ : १९


काठमडाौं । यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसपटकको भाइटीकाका लागि सो साइत उत्तम रहेको जनाउको हो।

२०७८ सालको तिहारपर्वसँग सम्वन्धित दिन तथा साईतहरू

१) वि.सं २०७८ कात्तिक १६ गते, मंगलबार – यमदीपदान, धनत्रयोदशी ९धन्तेरस०, धन्वन्तरी जयन्ती।

२) वि.सं २०७८ कात्तिक१७ गते, बुधबार – काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने)

३) वि.सं २०७८ कात्तिक १८ गते, विहिबार – लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि।

४) वि.सं २०७८ कात्तिक १९ गते, शुक्रबार – गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने।सं ११४२ प्रारम्भ।

५) वि.सं २०७८ कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका ,(किजापूजा) बिहान ११:२ बजे।


प्रतिक्रिया दिनुहोस्