बलात्कारको आरोप पक्राउ परेका राईलाई स्ववियुले गर्यो कारबाही

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । बलात्कारको आरोपमा प्रकाउ परेका विद्यार्थी नेता इन्द्रहाङ राईमाथि कारबाही गरिएको स्ववियुले जनाएको छ ।

आरआर क्याम्पसका स्ववियु सह–सचिव समेत रहेका राईलाई सम्पूर्ण जिम्मेवारीबाट हटाएको अध्यक्ष तपेन्द्र बहादुर शाहीले विज्ञप्ति मार्फत जानकारी दिनु भएको छ ।

१८ बर्षीया एक युवतीमाथि राईले देउसी खेल्न भनेर बोलाएर माकलबारीमा उनीमाथि जबरजस्तीकरणी गरेको उजुरीपछि बौद्ध प्रहरीले प्रकाउ गरेको छ। 

राईमाथि जबरजस्तीकरणी सम्बन्धी कसूरमा म्याद गरेर अनुसन्धान अघि बढाईने प्रहरीले जनाएको छ । 

राईले ती युवतीका हात बाँधेर चक्कु देखाउँदै बलात्कार गरेको पीडितको बयान छ ।
 


प्रतिक्रिया दिनुहोस्