मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १२ : ३७


धुलिखेल । सिन्धुपाल्चोकको चौतारास्थित आहालडाँडामा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।  

बा ५८ प ४९४४ नंको मोटरसाइकल दुर्घटना हुँदा चौतारा सागाचोकगढी  नगरपालिका–६ पीपलडाँडाका १९ वर्षीय अनिशकुमार कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो ।

 चौताराबाट इर्खुतर्फ जाँदै गरेको मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

घाइते कुँवरलाई उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  
 


प्रतिक्रिया दिनुहोस्