राष्ट्रपति भण्डारी मनाङमा (फोटोफिचर)

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : २४


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्याउ फार्म लगायतको अवलोकन भ्रमणका लागि मनाङ पुगेकी छन।

मनाङ पुगेर राष्ट्रपति भण्डारी मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ प्रालि स्याउ फार्म अवलोकन गरेकी छन्।

राष्ट्रपति भण्डारीले अवलोकन गरेको यो स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो। यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा पर्छ। मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ।

सात सय ३५ रोपनी क्षेत्रफल ओगटेको यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

राष्ट्रपतिले आजै गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ।

जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ ।

यस जिल्लाका हिमाली क्षेत्रमा समेत गत असारको बाढीपहिराले प्रभाव पारेको छ । यसको न्यूनीकरण गर्न तथा बाढीले ध्वस्त बनाएका यातायात विद्युत्लगायतका स्थानीय संंरचनाहरूको पुनःनिर्माणका लागि स्थानीय सरकारका जनप्रतिनिधिले प्रयास गरिरहेका छन्।

बाढीका कारण केही समय यातायातबाट बिच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ। त्यस्तै ध्वस्त भएका संरचनाको पुनःनिर्माण गरी मनाङमा विद्युत् सेवा पनि पुनः सञ्चालनमा ल्याइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गर्नुभएको एग्रो मनाङ प्रालि स्याउ फार्म अवलोकन गर्नुहुँदै । सात सय ३५ रोपनी क्षेत्रफल ओगटेको यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ। तस्वीर: नवीन लामिछाने/रासस


प्रतिक्रिया दिनुहोस्