पुरुषोत्तम गैरेको देउसी भैलो गित ‘तिहार आयो’ (भिडियाे)

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : ४४


काठमाडौं । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर गायक तथा सर्जक पुरुषोत्तम गैरेले देउसी भैलो गित बजारमा ल्याएका छन् । ‘तिहार आयो’ बोलको गित गैरेले आफ्नै यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

गितमा गायक गैरेलाई गायिका धनमाया डिसुवा मगरले साथ दिएकी छन् । सार्वजनिक गितमा शब्द गायक स्वयंको छ भने राजु सुनमले संगित भरेका छन् । यस्तै उक्त गितको भिडियोलाई गायक पुरुषोत्तम गैरेले नै निर्देशन गरेका छन् भने भिडियोमा सिर्जना मगर, उज्वल गिरी, ऋषिराम बेलबासे, प्रमिसा बस्याल, शिवदेव अर्याल र अंजली बस्यालको अभिनय रहेको छ ।

विजय पोखरेलले छायांकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।

भिडियाे


प्रतिक्रिया दिनुहोस्