एएफसी यू–२३ः पहिलो हाफमा लेबनान १–० ले अगाडि

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ५ : ४३


काठमाडौं। एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगितामा नेपालविरुद्ध पहिलो हाफमा लेबनानले १–० को अग्रता बनाएको छ।

रिपब्लिकन सेन्ट्रल स्टेडियम जारी खेलको २६ मिनेटमा गोल गर्दै लेबनानले नेपालविरुद्ध १–० को अग्रता बनाएको थियो।

लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गरेका छन्।

नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ। दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्