सेलिब्रेटीको भाइटीका (फोटोफिचर)

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ७ : २९


काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् ।

भाइटीकाको लागि तोकिएको ११ः५५ बजेको शुभ साइतमा धेरैले टीका ग्रहण गरेका हुन् । आज दिनभरिनै टीका थाप्न सकिने छ ।  

भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाउँने गरिन्छ ।

राजनीतिक दलका नेता तथा कलाकारहरुले भाईटीका उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्