न्यायायाधीश र बारको बहिष्कारबीच प्रधानन्यायाधीशले दिए अन्तरिम आदेश

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ५ : ०५


काठमाडौं। नेपाल बार एसोसिएसनको बहिष्कारकाबीच प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले आइतवार मुद्दा सुनुवाइ गरेका छन्।

सर्वोच्च अदालतका १९ जना न्यायाधीशसमेत उनको राजीनामा मागेर अघोषित इजलास बहिष्कारमा रहेका बेला प्रधानन्यायाधीश जबराले मध्यान्हपछि आफ्नो इजलासमा पेसीमा राखिएका दुईवटा रिटको सनुवाइ गर्दै आदेश जारी गरेका छन्।

जबराले एउटा रिटमा अन्तरिम आदेश जारी गरेका छन् भने अर्को एउटा रिट हेर्दाहेर्दैमा सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

न्यायाधीश कुमार रेग्मीसँगको संयुक्त इजलासमा भने रेग्मी नगएपछि सुनुवाइ हुन सकेन।


प्रतिक्रिया दिनुहोस्