चितवन बाँदरझुलका १८७ जनाले पाए नागरिकता

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : २८


चितवनl माडी नगरपालिका– ९ मा पर्ने बाँदरझुलका १८७ जनाले नागरिकता पाएका छन्।

जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रममा उनीहरुले नागरिकता पाएका हुन्।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता पाउने ७० जना पुरुष र ११७ जना महिला रहेका छन्।

कार्यक्रममा ९० वर्षीया सुकमाया सेङ्तानले समेत नागरिकता पाएका छन्। उनले भने, “कार्यक्रमबाट एकै परिवारका चार÷पाँच जनासम्मले नागरिकता पाएका छन्।”

कार्यक्रममा राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन गर्नेको सङ्ख्या १२० रहेको छ। सो स्थनामा नागरिकता वितरण सहजीकरण कार्यक्रम गरिएको यो दोस्रो पटक हो।

विसं २०७३ मा पनि यहाँ नागरिकता वितरण गरिएको थियो। यस क्षेत्रका जनतालाई इलाका प्रशासन कार्यालय माडीमा र जिल्ला सदरमुकाम आउन पनि निकै कठिन हुने गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जको जग्गा फँडानी गरी उक्त ठाउँमा सुकुम्वासी बस्ती बसेको छ।


प्रतिक्रिया दिनुहोस्