आइएस प्रमुख बग्दादीको शव समुद्रमा गाडियो

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : ४५


न्युर्योक । इस्लामिक स्टेट आइएसका सर्वोच्च नेता अबु बकर अल बग्दादीको शव समुँद्रमा फालिएको छ ।

अमेरिकी सेनाले गोप्य रुपमा बग्दादीको शव समुँद्रमुनि गाडेर शरीरका अवशेषहरूको व्यवस्थापन गरिएको जनाएको छ ।

यसअघि अमेरिकाले अलकायदाका प्रमुख ओसामा बिन लादेनको शव पनि समुद्रमा गाडिएको थियो ।

शनिवार उत्तरी सिरियामा अमेरिकी विशेष फौजको कारबाहीका क्रममा बग्दादी मारिएका हुन् । 

उनको मृत्युपछि अमेरिकी राष्ट्रपति डोनाल्डले उनलाई अमेरिकी सेना र कुकुरहरुले लखेटेर मारेको पत्रकार सम्मेलनमार्फत बताउँनु भएको थियो । 

बग्दादी कुकुरहरुले लखेटेपछि सुसाइड भेस्ट विस्फोट गराई आत्महत्या गरेको ट्रम्पले दाबी गर्नु भएको छ । 

ट्रम्पले अमेरिकी फौजको कारबाहीमा ठूलो सङ्ख्यामा अल-बग्दादीका अनुयायीहरू मारिएको र नियन्त्रणमा लिइएको समेत बताउँनु भएको छ । मारिनेहरूमा उनका दुई श्रीमती पनि थिए।

उनीहरूले विस्फोट हुने भेस्ट लगाएका थिए, तर त्यसलाई उनीहरूले विस्फोट गराएनन् । इराक र सिरिया क्षेत्रमा 'क्यालिफेट' अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल-बगदादी सन् २०१४ मा चर्चामा आएका थिए ।

इस्लामिक स्टेटले गरेका कैयौँ हत्याका घटनामा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्। उक्त जिहादी समूहले करिब ८० लाख मानिसमाथि एउटा क्रूर शासन लादेको थियो।

विश्वका विभिन्न स्थानमा गराइएका आक्रमणहरूमा सो समूहको हात रहेको बताइन्छ।

इराकी र सिरियाली क्षेत्रका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय हुँदा हुँदै संयुक्त राज्य अमेरिकाले यसै महिनाको शुरूतिर (क्यालिफेट) परास्त भएको घोषणा गरेको थियो।


प्रतिक्रिया दिनुहोस्