घर झगडामा बन्चरो प्रहार गरी छिमेकीको हत्या

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : २१


टिकापुर । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको  हत्या गरेका छन् ।

स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पु¥याएपछि  उनको मृत्यु भएको उहाँले  बताउनुभयो ।

मानसिक सन्तुलन अलि गुमाएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका र घटना पछि उनी फरार रहेको जनाइएको छ ।
 


प्रतिक्रिया दिनुहोस्