युवतीमाथि बलात्कारको आरोपमा अखिल क्रान्तिकारीका नेता पक्राउ

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : १३


काठमाडौं । देउसो भैलो खेल्न बोलाई एक १८ बर्षकी युवतीमाथि बलात्कार गरेको आरोपमा सत्ताधारी दल नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पकाउ परेका छन् ।

पीडित किशोरीको उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य तथा रत्न राज्यलक्ष्मी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिव इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो ।

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसलगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो भने आरोपित राईलाई आज जोरपाटीबाट बिहान ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा ‘काम छ, आउन’ भन्दै राइले बोलाएर आफूलाई बलात्कार गरेको बताएकी छिन् ।

पक्राउ परेका राई र पीडित युवतीको दिदीवीच प्रेम सम्वन्ध रहेकोखुलेको प्रहरीको भनाई छ । 

पीडित किशोरीलाई मेडिकल जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्