विज्ञानको निचोड : प्रणायामको नियमित अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढ्छ

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : १९


काठमाडौं । विभिन्न अनुसन्धानले गहिरो र सचेत श्वाप्रश्वास क्रिया शारीरिक र मानसिक स्वास्थ्यका लागि कसरी फाइदाजनक हुन्छ भनी देखाएको छ । श्वासप्रश्वास स्वेच्छिक र अस्वेच्छिक दुवै कार्य हो । यो अचेत र सेचत दुवै हिसाबले भइरहेको हुन्छ । यसको अर्थ यदि तपाईंले श्वासमा ध्यान दिन सक्नु भएन भने पनि शरीरले आफ्नै हिसाबले यो कार्य गरिरहेको हुन्छ । यदि तपाईं यसको बारेमा माइन्डफुल हुनु भयो भने श्वासको गति र बहावलाई नियन्त्रण गर्न सक्नुहुन्छ ।

न्युरोवैज्ञानिक भन्छन्– सचेत भएर जति विस्तारै गहिरो श्वास फेर्‍यो भने त्यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ, रिल्याक्सेसनको अवस्था रहन प्रेरित गर्छ, भावनात्मक स्थायित्व सिर्जना गर्छ, मुटुको गति र श्वासप्रश्वासको गतिमा सुधार ल्याउँछ र डिप्रेसनको औषधिका रुपमा काम गर्छ।

अब प्रश्न उठ्छ कि कुनै व्यक्तिले कसरी सचेत तरिकाले श्वास फेर्न सक्छ? यो प्रश्नको सही उत्तर हुन्छ –प्रणायामको अभ्यासमा पारंगत भएर । यो अभ्यासले सचेत भएर श्वासप्रश्वास क्रिया गर्न मद्दत गर्छ र यसका वैज्ञानिक तरिकाबाट पुष्टि भएका असंख्या फाइदा पनि छन् ।

प्रणायाम के हो?

प्रणायाम योगको एउटा पद्घति हो, जसले श्वासलाई नियन्त्रण गर्न सिकाउँछ । प्रणायाम शब्दको अर्थ हुन्छ( जीवनशक्तिको विस्तार । यसमा सचेत तरिकाले श्वास लिने र फेर्ने तथा नियन्त्रण गर्ने विभिन्न तरिका पर्छन्, जसले गर्दा यसको अभ्यास गरेको केही क्षणसम्म कुनै पनि व्यक्ति बाहिरी दुनियाँको अराजक स्थितिबाट अलग रहन्छ । प्रणायामलाई हेरक बिहान अभ्यास गर्न सकेमा यसले फाइदा पुग्छ । प्रणायामको अभ्यास बिहान सबेरै स्वच्छ हावा भएको बेलामा खाली पेटमा गर्दा निक्कै उपयोगी हुन्छ ।

प्रणायाम पछाडिको विज्ञान

प्रणायामले सचेत श्वास फेराइको सामान्य विज्ञानलाई प्रयोग गर्छ । हाम्रो शरीरको भावनात्मक र शारीरिक दुवै तनावसँग व्यवहार गर्ने आफ्नै तरिका हुन्छ । तनावयुक्त परिस्थिति नै हाम्रो शरीरमा तनाव प्रतिक्रिया जन्मिनुको कारण हो, जसले हाम्रो शरीर र मनलाई विभिन्न तवरले प्रभाव पार्छ ।

जब हामी भावनात्मक वा शारीरिक तनावको सामना गर्छौ, तब ‘फाइट वा फ्लाइट रेस्पोन्स’ प्रणालीमा स्वतः असर पर्छ । वातावरणबाट तनावविरुद्ध हाम्रो रक्षाको पहिलो पहिलो रेखा प्यारासिम्पेथेटिक स्नायु प्रणालीद्वारा सुरु गरिएको प्रक्रिया हो ।

तनावले पारासिम्प्याटिक स्नायु प्रणालीमा भ्यागस नर्भलाई उत्तेजित गर्छ, जुन मस्तिष्कको आधारबाट पेटसम्म चल्छ । नर्भ (स्नायु)ले गर्ने दुईवटा महत्वपूर्ण चीज भनेको स्नायु प्रणालीको रेस्पोन्स व्यवस्थापन र मुटुको ढुकढुकी घटाउने हो ।

भ्यागस नर्भबाट निस्किने एसेटिल्कोलिन नामक न्युरोट्रान्समिटरले चिन्ता घटाएर एकाग्रता र शान्तपना बढाउन महत्वपूर्ण भूमिका खेल्छ । तसर्थ, भ्यागस नर्भलाई उत्तेजित बनाउन सकियो भने ज्यादै बढी मात्रामा एसेटिल्कोलिन निस्कन्छ, यसले चिन्ताको लेभललाई घटाउँछ । वर्षौ पुराना योगका सिद्धान्तअनुसार श्वासप्रश्वास र मस्तिष्कको कार्यबीच अत्यन्त निकट सम्बन्ध रहेको छ । दुवै कार्य आपसमा अन्तर्सम्बन्धित छ ।

यो प्रक्रिया बुझ्न एकदमै सजिलो तरिका छ । जब हामी तनावमा हुन्छौं, स्नायु प्रणाली चिन्तित र भयभित रहेको हुन्छ । त्यस्तो अवस्थामा हाम्रो शरीर अस्तित्व जोगाउने मोडमा हुन्छ, जसलाई फ्लाइट वा फाइट रेस्पोन्स भनिन्छ। यस्तो बेलामा हाम्रा शारीरिक र मानसिक क्रियाकलापहरु तनावयुक्त अवस्थातर्फ जान्छन् ।

यस्तो अवस्थामा मुटुको धड्कन बढेको महसुस हुन सक्छ । साथै, चाँडो श्वासप्रश्वास क्रियाकलाप र तनाव उत्पन्न गर्ने हर्मोन चाँडो निस्कन्छ । प्रतिक्रिया जनाउने शरीरका यी प्राकृतिक तरिकाले तनावयुक्त अवस्थामाथि प्रतिक्रिया जनाइरहेका छन् र अब यी परिवर्तन वा शारीरिक प्रकृति बाँच्ने प्रवृत्ति हुन्, जीवन धम्कीपूर्ण परिस्थिमिा महत्वपूर्ण हुन्छन् । हामीले दैनिक जीवनमा आइपर्ने समस्याको सामना गर्न कत्तिको अनुकूल गरेका छौं भनी तिनीहरुले निर्धारण गर्छन् । यसले यो पनि सुनिश्चित गर्छ कि एक पटक सिकेपछि, हामी अर्को पटक पनि त्यसो गर्न सक्छौं। यद्यपि, यी प्रतिक्रिया अनावश्यक स्थितिमा सामान्य तनावमा पनि हुनसक्छ । हामीलाई शान्त हुन मद्दतका लागि अनावश्यक भए पनि विपरीत प्रतिक्रियामा सुरु गर्ने क्षमता रहेको छ । प्रणायामको सहायताले यसलाई स्थापित गर्न सकिन्छ ।

यसअघि नै उल्लेख भएझैं यो प्रतिक्रिया सामान्य तनावयुक्त अवस्थामा पनि आउन सक्छ, जुन अनावश्यक हो । यसले हामीलाई हर्मोन उत्पादन र निष्कासनलाई नियन्त्रण गर्न मद्दत गर्छ, जुन तनावसँग सम्बन्धित हुन्छ ।

प्रणायामका फाइदा

श्वासप्रश्वासको विज्ञानले किन प्रणायामले हाम्रो शरीर र मनलाई फाइदा गर्छ भन्ने सम्बन्धमा ज्यादै तार्किक व्याख्या अघि सारेको छ । तनाव नियन्त्रणबाहेक प्रणायामले श्वासप्रश्वास प्रणालीलाई अनेक तरिकाले फाइदा गर्छ ।

वरिपरि वातावरणमा नरम खालको हुमिङ साउन्ड बजाएमा हामीले शान्त तरिकाले प्रणायाम अभ्यास गर्न सक्छौं । यसमा नाकबाट बिस्तारै श्वास भित्र जाने र मुखबाट कार्वनडाइअक्साइड बाहिर जान्छ । प्रणायामका अनेकौं फाइदामध्ये यौगिक श्वासप्रश्वास क्रिया गर्दा विशेषतः कोर्डियोभास्कुलर रोग, मेटाबोलिक सिन्ड्रोम, डाइबेटिज, क्यान्सर र चिन्तामा प्रभाव पार्छ। विभिन्न अध्ययन र समीक्षाले योग तथा प्रणायामका सकारात्मक फाइदा पुग्नसक्ने प्रमाणित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्