महाराजगञ्जबाट प्रकाउ परेका जुवाडे तिहारअघि नछुट्ने

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १२ : ५०


काठमाडौं । जुवा खेलिरहेको स्थानबाट दुई करोड ६७ लाख रुपैयाँसहित पक्राउहरु तिहारमा हिरासतमै रहने भएका छन्। 

पक्राउ परेका २५ मध्ये ६ जनाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेपछि उक्त फैसला तिहार पछि मात्रै हुने भएको छ । 

आइतवार रिट परेपछि सर्वोच्च अदालतले उनीहरुलाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जका नाममा आदेश जारी गरेको थियो।

आज सुनुवाई हुन नसकेपछि अदालत बन्द भई सुनुवाई बुधबारका लागि सरेको छ।

'क्यासिनो किङ'का रुपमा परिचित बले भनिने बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ति लामाकातर्फबाट आइतवार  बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्