‘मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार पाउँदैनन्’

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ५ : ३२


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार नपाउने बताएका छन्।

सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जबसम्म मधेस माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त पनि हुनेछैन। विकास पनि हुनेछैन।’

प्रचण्डले अब मधेसी जनता झुक्किने दिन गएको भन्दै कुनै शक्तिले माओवादीलाई मधेससँग जोड्न रोक्ने नसक्ने पनि बताए।

मधेसका लागि दुईपटक संविधान संशोधन प्रस्ताव ल्याएको, नागरिक विधेयक ल्याएको, दलितलाई प्रदेश प्रमुख बनाएको, मधेसबाट राष्ट्रपति प्रस्ताव गरेको तर सबै प्रयास एमाले अध्यक्ष केपी ओलीले असफल बनाएको उनको आरोप थियो।


प्रतिक्रिया दिनुहोस्