‘चुनावपछि ओलीको पार्टी टर्च बालेर खोज्नुपर्छ’

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ४ : ४२


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि केपी शर्मा ओलीको पार्टी एमालेलाई आगामी चुनावपछि टर्च बालेर खोज्नुपर्ने बताएका छन्।

उनले आफूहरुले नै आँट गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेको बताउँदै एमालेलाई अब टर्च बालेर खोज्नुपर्ने बताएका हुन् ।

शनिबार बिराटनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई तिहाईको सत्ताको मात लागेका केपी ओलीलाई आफूहरुले आँट गरेर भुईँमा पछारिदिएको बताएका हुन्।

उनले भने, ‘आज केपी ओली भुईँमा पुगेका छन्। एकीकृत समाजवादी पार्टी सत्तामा पुगेको छ।’


प्रतिक्रिया दिनुहोस्