एभरेष्ट बैंकले अपेक्षाभन्दा कम बोनस घोषणा गरेपछि असन्तुष्टि छायो

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ४ : १५


काठमाडौं। पछिल्लो समय सेयर बजारमा बोनसको सिजन नै चलिरहेको छ। बैंक, माइक्रो फाइनान्सहरूले बोनस घोषणा गरिरहेका छन्।

अपेक्षितभन्दा बढी बोनस घोषणा हुँदा लगानीकर्ताको चाप उक्त कम्पनीको सेयरमा बढ्ने गरेको छ। यद्यपि बोनस कम आएमा उक्त कम्पनीको सेयर मूल्य घट्ने गरेको छ।

एभरेष्ट बैंक लिमिटेडको शुक्रबार बसेको संचालक समितिको ३३४औं बैठकले आर्थिक बर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थसमेत० गरी कुल रु १०.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त बैठकले वितरणयोग्य मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी रु ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ को ६ प्रतिशत अर्थात ५३ करोड ३६ लाख २३ हजार ३०.६८ बराबरको बोनस सेयर तथा ४.३२ प्रतिशत अर्थात रु ३८ करोड ४२ लाख ८ हजार ५ सय ८२.०९ बराबरको नगद लाभांश ९कर प्रयोजनार्थ समेत० वितरण गर्ने निर्णय गरेको हो।

बैंकले बोनस घोषणा गरेसँगै लगानीकर्तामा उत्साह भने कम भएको छ। अपेक्षा गरिएको भन्दा कम बोनस घोषणा भएकोले साताको पहिलो दिन आइतबार बजार खुल्दा यसको सेयर मूल्यमा गिरावट आउन सक्ने सम्भावना बढेको छ।

सामाजिक सञ्जालमा लगानीकर्ताले बैंकले अपेक्षाअनुसार बोनस नदिएको गुनासो गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्