प्राडा दीपक भट्टराईको निधन

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ९ : ३६


काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर दीपक भट्टराईको निधन भएको छ ।

उहाँको ६८ वर्षको उमेरमा सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

सोमबार बिहान पौने नौ बजे आफनै निवास काठमाडौं महानगरपालिका वडा नं ३ महाराजगञ्जमा उहाँको निधन भएको हो । विगत तीनवर्षदेखि फोक्सोको क्यान्सरबाट उहाँ पीडित हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस्