राष्ट्रपति भण्डारी मुक्तिनाथमा (फोटोफिचर)

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १२ : ०७


राष्ट्रपति विद्यादेवी भण्डारीले आज मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्।

आज बिहानै मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा (एमाले) का नेत्री श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारी शनिबार नै बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जानेछिन्।


प्रतिक्रिया दिनुहोस्