गुलाब मिठाई पसललाई दुई लाख जरिवाना

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : १७


काठमाडौं। सुन्धारास्थित गुलाब मिठाई पसललाई दुई लाख जरिवाना गराइएको छ

काठमाडौँ महानगरपालिकाले शुक्रबार गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा उक्त पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री प्रयोग गरेका, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएको पाइएपछि दुई लाख जरिवाना गरिएको हो।

सालिमार हस्पिटालिटी एन्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्रान्डका मिठाई उत्पादन तथा बिक्री हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्