विश्वमा आजः प्यालेस्टिनलाई मान्यतादेखि एशिया र युरोपलाई जोड्ने पुल निर्माण

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ३३


प्यालेस्टिनलाई मान्यता

सन २०१४ मा स्वीडेनले प्यालेस्टिनलाई मान्यता दिएको थियो। योसँगै स्वीडेन प्यालेस्टिनलाई मान्यता दिने पहिलो युरोपेली मुलुक बनेको थियो । यासेर अराफातले सन् १९८८ को १५ नोभेम्बर स्वतन्त्रत प्यालेस्टिन घोषणा गरेका थिए । त्यसको एक वर्षपछि राष्ट्रसंघले मान्यता दिएको थियो ।

युरोप र एशिया जोड्ने पुल

सन १९७३ मा इस्तानबुलमा पहिलो पटक बोस्फर पुल निर्माण सुरु गरिएको थियो । बेलायतका इन्जिनियरले डिजाइन गरेको यो पुलले एशिया र युरोपलाई जोड्छ।

शक्तिशाली बिस्फोट

सन् १९६१ मा सोभियत युनियनले नोभाए जेमलाय टापुको आर्टिक सर्कलमा एउटा शक्तिशाली बम बिस्फोट गराएको थियो। ५७ मेगाटन आणविक शक्तिको सो आणविक १ हजार किलोमिटर पार गर्दै १३ हजार उचाईमाथि पुगेर बिस्फोट भएको थियो।

युरोपमा क्रस–कन्ट्री उडान

सन् १९०८ मा फ्रान्सेली नागरिक हेनरी फारम्यानले युरोपेली मुलुकमा छोटो समयमा क्रसकन्ट्री उडान गरेर युरोपमा नयाँ रेकर्ड राखेका थिए । १४ माईल लामो सो उडान भर्न उनलाई २० मिनेट लागेको थियो।


प्रतिक्रिया दिनुहोस्