‘मिस युनिभर्स नेपाल’को उपाधीका लागि आज प्रतिस्पर्धा हुँदै

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ०९


काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधिका लागि आज प्रतिस्पर्धा हुँदै छ।

काठमाडौंस्थित राजधानीको होटल याक एन्ड यतिमा साँझ ६ बजे सुरु हुनेछ। आयोजकका अनुसार यो दोस्रो संस्करण हो।

विजेताले १० लाख रुपैयाँ नगद र हीराजडित ताज पुरस्कार पाउनेछिन्।

यसपटकको मिस युनिभर्सको प्रायोजन अन्तर्राष्ट्रिय वितरण कम्पनी ओरीफ्लेमले गरेको हो।

‘मिस युनिभर्स नेपाल’ विजेताले आगामी डिसेम्बर १२ तारिख इजरायलमा हुने ‘मिस युनिभर्स’ प्रतियोगितामा सहभागी हुन पाउनेछिन्।
प्रतिस्पर्धामा १६ सुन्दरी सहभागी हुँदै छन्। उनीहरू हुन्– निनाकान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रितिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मीता न्यौपाने, सगुन गुरुङ, सदीक्षा खड्का, प्रतीक्षा महरा क्षेत्री, स्मारिका कार्की, विभूति गौतम, आर्या निशान्त र अनिशा महर्जन।

आजको प्रतिस्पर्धाबाट शीर्ष १६ बाट उत्कृष्ट १० हुँदै यसबाट पनि छनोट ५ जनाबाट एक जनाले ‘मिस युनिभर्स नेपाल २०२१’को ताज पाउनेछिन्।

 


प्रतिक्रिया दिनुहोस्