आईसीसी टी-२० विश्वकप: पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान स्तब्ध

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : ४५


पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ। शुक्रबार भएको सुपर-१२ को समूह-२ को खेलमा पाकिस्तानले अफगानिस्तानलाई पाँच विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो।

जितका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको हो। पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले सर्वाधिक ५१ रनको योगदान दिए । आसिफ अली २५ रनमा अविजित रहे।

अफगानिस्तानका राशिद खानले ४ ओभरमा २ विकेट लिए । मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले समान १–१ विकेट लिए।

यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन बनायो।

अफगानिस्तानका कप्तान मोहम्मद नाबी ३५ रनमा अविजित रहे । गुलबदीन नईब ३५ रनमा अविजित रहे।

पाकिस्तानका स्पिनर ईमाद वासिमले २ विकेट लिए । शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १-१ विकेट लिए।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो। तेस्रो जितबाट ६ अंक बनाउदै समूह-२ मा पाकिस्तान शीर्ष स्थानमा रहेको छ। तेस्रो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्रा सहज बनेको छ।


प्रतिक्रिया दिनुहोस्