फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : ३८


काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य बढेको छ।

नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेको छ। यस्तै आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ।


प्रतिक्रिया दिनुहोस्