‘देउवालाई प्रधानमन्त्री बनाउन दह्रो मिहिनेत गरेँ, काँग्रेसी उल्टै मलाई लखेट्छु भन्दा रछन्’

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : ४९


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काँग्रेसीहरुसँग रुष्ट भएका छन्। गृह जिल्ला चितवनमा पुगेका उनले गठबन्धनमा रहेको काँग्रेसप्रति गुनासो गरेका हुन्।

शुक्रबार भरतपुर महानगरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेसीहरुले दिएको अभिव्यक्तिप्रति प्रचण्ड दुःखी बनेका हुन्।

उनले काँग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गरेको तर काँग्रेसीहरले चने चितवबाट आफैंलाई लखेट्ने अभिव्यक्ति दिएको बताएका हुन्।

प्रचण्डले भनेका छन्,‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ठूलो मिहिनेत गरें, यसरी चितवनका काँग्रेसी खुसी होलान् भन्ठानेको त प्रचण्ड, रेनुलाई लखेट्छौं भन्ने गरेका रहेछन्।’

केही समयअगाडि मात्र चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले माओवादीसँग आगामी चुनावमा तालमेल नगरिने बताएका थिए।

उनले आफूहरूले भरतपुर महानगरको मेयरमा रेनुलाई जिताए पनि सन्तोषजनक काम गर्न नसकेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस्