नेपालमा आज ५४९ जना कोरोना संक्रमित थपिँदा ५६९ जना कोरोनामुक्त

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : ५७


नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा सङ्क्रमण पाइएको हो।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार १५१ जना रहेका छन्। ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन्।

५०० भन्दा बढी सङ्क्रमण हुने जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन्। सङ्क्रमण दर १८।५ प्रतिशत रहेको छ। सङ्क्रमित शून्य रहेका जिल्ला मुगु मात्र रहेको छ।

पछिल्लो २४ घण्टामा ५६९ जनाले सङ्क्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९० हजार ३५८ पुगेको छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।३ प्रतिशत रहेको छ।

यसैगरी आज कोरोना सङ्क्रमणबाट छ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ११ हजार ३८८ जनाको मृत्यु भइसकेको छ। होम आइसोलेसन नौ हजार ३७९, संस्थागत आइसोलेसनमा ७७२, सघन उपचार कक्ष आइसियुमा २४२ र भेन्टिलेटरमा ७८ जना रहेका छन्।

आज एक लाख २५ हजार ५२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म ८६ लाख ६२ हजार २५० जना पहिलो मात्रा र ६९ लाख ८४ हजार १५७ पूर्ण मात्राको खोप लगाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्