प्रभु साहले बनाए दुई जनालाई केन्द्रीय सदस्य, ओलीबाट शपथ ग्रहण

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : १८


काठमाडौं । माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुई जनलाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् । आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शुक्रबार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदको कुन्दन कुशवाहा र मोहम्मद समीरले पद तथा गोपनीयताको शपथ लिएका हुन् । अघिल्लो स्थायी कमिटी बैठकमा साहनिकट दुई जना कुन्दन कुशबाहा र मोहम्मद समीरलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनित गरेका थिए ।

यस्तै पछिल्लो समय असन्तुष्ट रहँदै आएका पूर्वमाओवादी नेता साह शुक्रबार च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका छन् ।

पछिल्लो समय एमालेसँग असन्तुष्ट रहँदै आएका साह कहिले माओवादी फर्किने त कहिले नेकपा ब्युँताउने भनेर चर्चामा थिए । यससँगै उनी एमालेमै रहेको स्पष्ट भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्