रोनाल्डो ६ सन्तानका पिता बन्दै, जोर्जिनाबाट जुम्ल्याहा बच्चा जन्मिदै

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : १६


फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका हालसम्म चार सन्तान छन्।

तीन सन्तान सरोगेसीमार्फत् जन्मिएका हुन् भने एक सन्तान प्रेमिका जोर्जिना रोड्रिग्वेजबाट जन्मिएको हो।

अब भने रोनाल्डो ६ सन्तानको पिता बन्ने भएका छन्। रोनाल्डोले इन्स्टाग्राममा प्रेमिका जोर्जिनाबाट जुम्ल्याहा बच्चा जन्मिन लागेको जानकारी दिएका छन्।

३६ वर्षका उनले इन्स्टामा भनेका छन्,‘हामी जुम्ल्याहा सन्तानको प्रतिक्षा गर्दैछौं भनेर घोषणा गर्न पाउँदा खुसी छु। हाम्रो हृदय प्रेमले भरिएको छ।’

रोनाल्डो र जोर्जिना सन् २०१६ देखि सम्बन्धमा छन्। उनीहरुले विवाह भने गरेका छैनन् तर सँगै बस्दछन्।

 

View this post on Instagram

 

A post shared by Cristiano Ronaldo (@cristiano)


प्रतिक्रिया दिनुहोस्