पाकिस्तानको हिन्दु मन्दिरबाट १० केजी सुन, चाँदी र बहुमूल्य सामग्री चोरी

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : २७


पाकिस्तानको सिन्ध प्रान्तको कोटरी इलाकामा अवस्थित एउटा हिन्दु मन्दिरमा चोरी भएको छ।

कोटडी देवी माता मन्दिरबाट सुन, चाँदीजस्ता गहनाका साथै महत्वपूर्ण सामग्री चोरी भएको बीबीसीहिन्दीले जनाएको छ।

हिन्दु समुदायलाई प्रताडित गर्न नियोजित ढंगले यस्तो कार्य भएको अनुमान गरिएको छ।

पाकिस्तानी राष्ट्रिय सभाका सदस्य लाल मल्हीका अनुसार अल्पसंख्यक हिन्दु समुदायमाथि पाकिस्तानमा आक्रमण हुँदै आएको छ, यस्तो घटना दोहोरिँदै आएको छ।

उनले ट्विटरमा भनेका छन्,‘मन्दिरको पवित्रतामाथि लगातार हमला भइरहेको छ। सिन्धु नदीको किनारस्थित मन्दिरका सुन, चाँदी, दान पेटी तथा बहुमूल्य सामान चोरी भएको छ।’

पाकिस्तानी पत्रिका द डनका अनुसार प्रहरीले मन्दिरको भगवानदासको उजुरुमा अज्ञात चोरहरुमाथि धारा ४५७, ३८०, २९५ र २९७ लगाएका छन्। हाल चोरीको विषयमा अनुसन्धान भइरहेको छ।

मन्दिरमा मूर्तिलाई लगाइएको सुन, चाँदी र दान पेटीमा रहेको २५ हजार रुपियाँ चोरी भएको हो। १० केजी सुन र चाँदी चोरी भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्