विद्यार्थीलाई दिनभर बन्धक बनाएपछि नेकपा निकट अन्सारीको चौतर्फी विरोध

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ५ : ३५


काठमाडौं । नेसनल मेडिकल कलेजका विद्यार्थीलाई तिहारको समयमा बन्धक बनाएपछि उक्त कलेजका मालिक एवं सत्तारुढ दल निकट रहेका कलेज सञ्चालक बसरुद्दिन अन्सारीलाई धेरैले 'वीरगन्जका आलम' भन्दै विरोध जनाएका छन् ।

बिहिबार विद्यार्थीहरुले अवैध शुल्क असुली विरुद्ध प्रदर्शन गरेपछि कार्यक्रममा तोडफोड गर्न 'गुण्डा' परिचालन गरेका अन्सारीले सोही राति विद्यार्थीमाथि कुटपिट गर्न लगाएको समाचार सार्वजनिक सार्वजनिक भएका छन् । 

आइतबार करिव एक सय विद्यार्थीलार्ई कलेज प्रशासनले दिनभर थुनेर राखेको थियो । दिपावलीको बेला बन्धक बनाइएपछि विद्यार्थीहरुले प्रहरी प्रशासन सक्षम गुहार माग्दा समेत प्रहरीले कुनै सहयोग नगरेको विद्यार्थीको गुनासो छ । 

अन्सारीले आन्दोलनरत विद्यार्थीहरुलाई होस्टलभित्रै थुनेर राखेको खबर आएपछि चौतर्फी विरोध भएको छ ।

विद्यार्थीहरुले प्रहरी प्रशासन समेत अन्सारीसँग मिलेको आरोप लगाएका छन् । अन्सारीको कदमको सत्तारुढ दलकै नेताहरुले विरोध गरेका छन् ।

आन्दोलनमा ऐक्यवद्धता जनाउँन विरगन्ज पुगेका चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्द लगायतमाथि बिहिबार हातपातको प्रयाश भएको थियो । काठमाडौंमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा संयोजक चन्दको कुरा सुन्नुहोस् तलको भिडियोमा

विद्यार्थीमाथि भएको आक्रमणको विभिन्न संगठनहरुले विरोध जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्