जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ५ : ०४


दाङ । जिल्ला प्रहरी कार्यालय दाङले हिजो दिउँसो १ बजेतिर घोराहीबाट १२ जना जुवाडेहरुलाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका बेलुवाका २६ वर्षीय सन्तोष कोरीको घरमा तास खेलाइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १ गड्डी तास र ३५ हजार ६ सय ३० रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरुलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवासम्बन्धी) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडि बढाइने प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा घोराही उपमहानगर– १० का २६ वर्षीय बुद्धिराम चौधरी, वडा नं. ८ का २६ वर्षीय कुलबहादुर चौधरी, सोही ठाउँका सजिन नेपाली, खिमबहादुर बिक, जीवन चौधरी, सुन्दरप्रसाद चौधरी, शिव चौधरी, सुवाश चौधरी, बासुदेव चौधरी, विमल चौधरी र अनिल चौधरी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्