सुन-चाँदीको भाउ घट्यो

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : ३०


नेपालमा आज सुनको मूल्य प्रतितोला ४०० ले गिरावट भएको छ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला ९२ हजार ४०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको थियो।

यसैगरी आज चाँदी बिहिबारको तुलनामा प्रतितोला रु पाँच घटेर रु एक हजार २४५ कायम भएको छ।

चाँदी बिहीबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो।

छापावाल सुन यो साताको मङ्गलबार अधिकतम ९२ हजार ६०० मा कारोबार भएको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

 


प्रतिक्रिया दिनुहोस्