दिपावली मनाउँने क्रममा आगलागी, बालकको मृत्यु

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


विराटनगर । मोरङमा दीपावली गर्ने क्रममा आइतबार राति आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । 

मोरङको पथरी शनिश्चरे नगरपालिका–५ मा आगलागी हुँदा घरभित्र सुतिरहेका ४ वर्षीय युसन गिरीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङले आगलागीबाट ६० हजार नगद, सुन–चाँदीका गरगहना, लत्ता–कपडा समेत जलेर नस्ट भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्